नियम ४
सरुवा वा बढुवा भै आउनेको तलब
नेपाली सेनाको अरु पदबाट पाइनियर गण मा प्रमोशन पाई सरुवा भै आउने व्यक्तिको तलबको स्केल प्रमोशन पाएको शुरु स्केलबाट
शुरु हुनेछ । तर अरु पदबाट पाइनियर गण को समान दर्जाको पदमा सरुवा हुनेले आफूले खाई पाई आएको नघटने गरी पाइनियर गण तर्फको दर्जाको मिल्दो नजिकको स्केल पाउने छ । त्यसरी सरुवा भै आउनेले साविक पदमा हदको स्केल खाई सकेको छ भने घट्न जाने भए पनि पाइनियर गण को सरुवा भएको पदको हदको स्केल मात्र पाउनेछ ।